काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी भएको बताएका छन् ।
सोमबार हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता महतोले ओली र देउवा दुवैलाई प्रतिगमनको संज्ञा दिएका हुन् ।
‘देउवा र ओली हाम्रा लागि प्रतिगमनकारी हुन्। प्रतिगमनकारी संविधान बनाएका हुन् ,’ महतोले भने। महतोले निर्वाचन आयोगले गर्दा जसपा फुट्न लागेको आरोपसमेत लगाएका छन् ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । त्यस्तै १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरे भने एक नेता रेशम चौधरी तटस्थ बसेका छन् । उनले आफ्नो नैतिकताका आधारमा पनि हस्ताक्षर गर्न नमिल्ने बताएका थिए ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका थिए । पछि उनलाई सर्वोच्च अदालतले पदमुक्त बनाएको थियो ।