कारागारबाट निर्वाचन आयोग पुगेका रेशम चौधरीले वाचन गरे यस्तो कविता-Sutra News

कारागारबाट निर्वाचन आयोग पुगेका रेशम चौधरीले वाचन गरे यस्तो कविता

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका नेता रेशम चौधरीले जसपा विवादमा तटस्थ रहने निर्णय गरेका छन् ।



हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका चौधरीले तटस्थ रहने निर्णय गरेका हुन् ।

निर्वाचन आयोगमा टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीले आफूले न्याय पाउने आश राख्दै कवितासमेत वाचन गरेका थिए । उनले कवितामा न्यायको आश गर्दै दोषीलाई दण्ड दिनुपर्ने तर निर्दोषीलाई थुन्न नपाइने बताएका छन् ।

हेर्नुहोस् उनको कविता यस्तो छ:

कठघरामा उभिएर जति सत्य बके पनि

न्याय पाउँ हजुर भन्दै संयौं पटक झुके पनि,निरीह ठान्दा रै’छन् शीर निहुर्याएपछि

दोषी ठहर्याउँदा रहेछन् चुप लागेर बसेपछि

 

श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट