गृहमन्त्री खाँण र अमेरीकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता, के भयो कुराकानी ?-Sutra News

गृहमन्त्री खाँण र अमेरीकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता, के भयो कुराकानी ?

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालको लागी अमेरीकी राजदूत र्‍यान्डी बेरीबीच सिंहदरबार स्थित गृहमन्त्रालयमा भेटवार्ता भएको छ ।



 उनीहरुबीचको भेटवार्तामा सरकारको तत्कालिन प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनेका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने मन्त्री खाँणले बताएका छन् ।

त्यस्तै विभिन्न क्षेत्रमा सहयोग तथा अमेरीकी सरकारले गर्दै आएको मानवीय साहयताको गृहमन्त्रीले प्रशंसा गरेका छन् ।

नेपाल अमेरिका दुई देशको सम्बन्ध सुदृढ रहनेमा आफु बिश्वस्त रहेको र सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राजदुत र्‍यान्डी बेरीले नेपाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने अमेरीकी राजदुतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट