काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी सीता दाहाललाई सोमबार भेटेपछि टिप्पणी गरेका छन् । थापाले सोमबार साँझ सामाजिक सञ्जालमार्फत् टिप्पणी गरेका हुन् ।
बिरामी सीता दाहाल र पौडेललेको भेटलाई थापाले ‘सत्ताधारी चाला’ को संज्ञा दिएका छन् ।
उनले भने, ‘सत्ताधारी चाला ! स्वास्थ्यलाभको कामना गर्नु मानवीय पक्ष हो । मानवीय व्यवहार विपक्षमा रहँदा एकखालको र कृपाले सरकारमा पुग्दा अर्कोखालको हुँदैन । २०७४ फागुन ३ यता नै सीता दाहाल त विरामी हुनुहुन्थ्यो, होइन र ?
शेबदे र राचपौका यी धनुष्टंकारको बारेमा अरू केही टिप्पणी गर्नु छैन ।’
नेता पौडेलले प्रचण्ड निवास खुमलटार पुगेर सीतालाई स्वास्थ्य लाभको कामना गरेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सीतालाई भेटेका थिए ।
सत्ताधारी चाला!
स्वास्थ्यलाभकाे कामना गर्नु मानवीय पक्ष हाे। मानवीय व्यवहार विपक्षमा रहँदा एकखालकाे र कृपाले सरकारमा पुग्दा अर्काेखालकाे हुँदैन।
२०७४ फागुन ३ यता नै सीता दाहाल त विरामी हुनुहुन्थ्याे, हाेइन र?
शेबदे र राचपाैका यी धनुष्टंकारकाे बारेमा अरू केही टिप्पणी गर्नु छैन। pic.twitter.com/2cadSzE77v— Surya Thapa (@ThapajiSurya) July 26, 2021