आज पनि भारी वर्षा हुने-Sutra News

आज पनि भारी वर्षा हुने

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौं- देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेको छ ।



अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट