काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएको भोलिपल्ट आज मंगलबार जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो ।
बैठकमा पार्टी आधिकारिकतापछि विकसित घटनाक्रम र सरकारमा सहभागी हुने विषयमा छलफल हुने बताइएको छ । महन्थ ठाकुर पक्षलाई पनि पार्टीमा सहमाहित गर्ने विषयमा पनि छलफल हुनेछ ।
त्यसैगरी जसपाले आजको बैठकबाट मन्त्रीहरूको टुंगो लगाउने एक कार्यकारिणी सदस्यले जानकारी दिए । अध्यक्ष यादवले सोमबार निर्वाचन आयोगको कार्यलयबाट छ्ट्टिै सरकारमा सहभागी हुने जनाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्ताका लागि जसपा र माओवादी केन्द्रबाट मन्त्री हुनेहरूको नामावली मागिरहेका छन् । मन्त्रीको आकांक्षी धेरै भएपछि दुबै पार्टीले नामावली दिन सकिरहेका छैनन् ।