काठमाडौँ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठले राष्ट्रपतिलाई छोएर देखाउन चुनौती दिएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महासेठले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउने खेल सुरु भएको उल्लेख गर्दै राष्ट्रपतिलाई महाभियोग लगाउन चुनौती दिएका हुन् ।
‘महाभियोग लगाएरमात्रै हेर्नुहोस, त्यसपछिको स्थिति के हुन्छ ? हुन त उहाँहरुसँग संख्या पनि पुग्दैन् । महाभियोग लगाएरमात्रै के गर्नु ? उनले भनेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका सभापति शेराबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको भन्दै एमालेका नेता माधवकुमार नेपालले पार्टी चलाउन नसक्ने उनको विश्लेषण छ ।
उनले कम्युनिष्टहरु जुटेर अगाडी बढ्नुपर्ने तर्क राखेका छन् ।