काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड मंगलबार बिहानै बालुवाटार छिरेका हुन् ।
दुई नेताहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद बिस्तार, गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको बताइएको छ ।
सरकार गठन भएको धेरै दिन बितिसक्दा पनि देउवाले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।
सरकारमा सहभागी हुनका लागि माओवादीले मन्त्री छनोट गर्ने गृहकार्य अगाडी बढाएको छ ।