काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का नेता बाबुराम भट्टराइले आपत्ति जनाएका छन् ।
नेता भट्टराईले रवीन्द्र मिश्रको प्रस्ताव उल्लेख गर्दै चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित नहुन सबैलाई आग्रह गरेका छन् ।
‘झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।’ उनले लेखेका छन् ।
त्यस्तै उनले रविन्द्र मिश्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हालेको भन्दै राजतन्त्रको भूतको संज्ञा दिएका छन् ।
झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!
— Baburam Bhattarai (@brb1954) July 26, 2021