कोरोना तेस्रो लहरको सम्भावनाका बारेमा आज यी डाक्टरहरुले छलफल गर्ने-Sutra News

कोरोना तेस्रो लहरको सम्भावनाका बारेमा आज यी डाक्टरहरुले छलफल गर्ने

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । कोरोना भाइरसको जोखिम तथा न्युनिकरण तथा तेस्रो लहरका सम्भावनाको विषयमा आज नेपालका विभिन्न डाक्टरहरुले बोल्ने भएका छन् ।



आज रिपोर्टर्स क्लव नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको सम्भावना , सरकारको पूर्व तयारी ,खोपको व्यवस्थापन लगायतका समसामयिक विषयमा डा.सुन्दरमणी दिक्षीत – डा . अनुप बास्तोला – डा‌. बासुदेव पाण्डे लगायतले बोल्ने भएका हुन् ।

त्यस्तै डा. सागरराज भण्डारी – डा. समिरकुमार अधिकारी – डा. अर्चन शम्सेर जबरा पनि आजको कार्यक्रममा बोल्नेछन् ।  

डाक्टरहरुको साक्षात्कार कार्यक्रम पौने दुई बजे रहेको छ ।

सरकारले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन नागरिकहरुलाई आग्रह गरिसकेको छ ।     

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट