रवीन्द्र मिश्रमाथि एमाले नेता रिजालको कटाक्ष- जुन गोरुको सीङ छैन, उसैको नाम तिखे-Sutra News

रवीन्द्र मिश्रमाथि एमाले नेता रिजालको कटाक्ष- जुन गोरुको सीङ छैन, उसैको नाम तिखे

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि नेकपा एमालेका नेता विष्णु रिजालले आपत्ति जनाएका छन् ।



उनले संघीयताको माया संघीयताका लागि दुख गर्नेलाई बढी हुने र अरुलाई कम हुने बताएका छन् ।

उनले भनेका छन्, रवीन्द्रजीको प्रस्ताव दुई महिलाले आफ्नो दावी गरिरहेको वालकवारे निर्णय निर्णय लिन नसक्दा न्यायाधीशले ‘काटेर आधा-आधा गरौं?’ भन्दा नक्कली ‘आमा’ ले हतार-हतार ‘हुन्छ’ भने जस्तो भयो । माया त सक्कली आमालाई पो हुन्छ, होइन र ? सिङै नभएकाको नाम तिखे !’

रवीन्द्रले त्यस्तो प्रस्ताव राखेपछि अहिले धेरै राजनीतिक दलका नेताहरुले विरोध गर्दै आएका छन् ।

तर राप्रपाका अध्यक्षले भने मिश्रको प्रस्तावलाई स्वागतयोग्य भएको भन्दै समर्थन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट