रवीन्द्र मिश्रको प्रस्तावमाथि गोकुल बाँस्कोटाको यस्तो टिप्पणी-Sutra News

रवीन्द्र मिश्रको प्रस्तावमाथि गोकुल बाँस्कोटाको यस्तो टिप्पणी

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आपत्ति जनाएका छन् ।



सामाजीक संजालमा लेख्दै नेता बाँस्कोटाले जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाइएको बताएका छन् ।

‘संघीयतामा कुनै देश किन गए हामीले  आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमी हेरेनौं। जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो।’ उनले लेखेका छन् ।

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्ष खारेजीको प्रस्ताव राखेपछि नेपालका धेरै राजनीतिक दलहरुले यसबारेमा चासो देखाएका छन् । कसैले समर्थन गरेका छन् भने कसैले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट