तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराउने विषयमा जुट्यो सहमति-Sutra News

तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराउने विषयमा जुट्यो सहमति

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका तीन प्रदेशका प्रमुख हटाउने तयारी गरेको छ।



मन्त्रिपरिषदको आज बस्ने बैठकले यस विषयमा निर्णय गर्ने बताइएको छ । आज मन्त्रिपरिषद बैठक ३ बजेका लागि बोलाइएको छ।

पदमुक्त हुनेमा प्रदेश २ का डा राजेश झा ‘अहिराज’, गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादव रहेका छन् ।  

यसभन्दा अघि ओली सरकारले देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रमुखहरु हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट