इजरायलमा रोजगारीका लागि खुल्यो आवेदन, तलब मासिक २ लाख-Sutra News

इजरायलमा रोजगारीका लागि खुल्यो आवेदन, तलब मासिक २ लाख

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग भएअनुसार सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ ।



सरकारले मागेको १ हजार आवेदनमध्ये महिला एक महिला ७०० र पुरुष ३०० जना छनोट हुनेछन् ।

यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् ।

सूचना अनुसार इजरायलको नियम अनुसार ओभरटाइम काम गर्न पाइन्छ भने सातामा ६ दिन काम गर्नुपर्ने हुन्छ । साथै प्रत्येक साता ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । कामदारले इजरायलको नियमअनुसार विदा पाउनेछन् भने कामदारको खाना खर्च आफैले बेहोर्नुपर्नेछ ।

सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था गरिएको बताइएको छ । पासपोर्टको म्याद कम्तिमा ३ वर्ष  पुगेको र विगतमा इजरायलमा काम नगरेकाहरुले आवेदन दिनसक्ने विभागले जनाएको छ ।

आवेदनका लागि २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलो तौल भएको हुनुपर्नेछ भने कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा १० प्लस २ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट