कोटेश्वर पुगेर नेपाललाई प्रचण्डले भने- सरकारमा जसरी पनि सहभागी हुनुहोस्-Sutra News

कोटेश्वर पुगेर नेपाललाई प्रचण्डले भने- सरकारमा जसरी पनि सहभागी हुनुहोस्

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।



नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भन्दा अगाडी प्रचण्ड माधव नेपाल भेट्न कोटेश्वर पुगेका हुन् ।

उनीहरुको भेटमा अध्यक्ष प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन् आग्रह गरेका छन् ।

प्रचण्डले देउवासँगको भेटमा पनि सरकार विस्तारको विषयमा छलफल गरेका थिए।

एमालेमा विवाद रहेका कारणले माधव नेपालले सरकारमा जाने या नजाने भन्ने विषयमा निर्णय गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट