काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले नयाँ सरकारसँग जनताको धेरै अपेक्षा भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् ।
उनले नयाँ सरकारले केही ठाउँहरुमा बेथिति निम्त्याउन खोजेको भन्दै सरकारले आफ्नो मनोमानी गर्न नहुने उल्लेख गरेका छन् ।
उनले संसद सरकारसँग नडराउने तर सरकार संसदसँग डराउनुपर्ने बताए ।
त्यस्तै उनले सरकारलाई अपराध गर्न छुट नभएको पनि बताएका छन् ।
संसदको कार्यप्रणाली चुस्त दुरुस्त बनाउनु पर्माने उनको माग छ ।