काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार ७ सय ११ पुगेको छ ।
८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन्। उनीहरूको नवीकरण गरिएको हो।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ।
जसमा ११ प्रतिशत मात्रै बुढापाका रहेका छन् भने अधिकांश युवाहरु रहेका छन् ।
उनीहरुमध्ये ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील छन् भने महिला एक लाख ९९ हजार ९७ जना छन् ।
रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको छ ।
केही जिल्लाको विवादका कारण काँग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।