स्वरूपराज आचार्य र अस्मिता परियारको स्वरमा रहेको ‘माया गर्ने मान्छे’ सार्वजनिक [भिडियोसहित]-Sutra News

स्वरूपराज आचार्य र अस्मिता परियारको स्वरमा रहेको ‘माया गर्ने मान्छे’ सार्वजनिक [भिडियोसहित]

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायीका अस्मिता परियारको स्वरमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।



‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल( सन्देश ) को शब्द रचना रहेको छ।

ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ । दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन तथा उज्ज्वल ढकालले सम्पादन गरेका छन्।

भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्। अडियो र भिडियो दुवै राम्रो रहेको भन्दै उक्त गीत दर्शकहरुले मन पराउनेमा आफू विश्वस्त रहेको गायिका परियारले बताएकी छन् ।

यसअघि पनि थुप्रै गीतमा स्वर दिई सकेकी अस्मिताले चलचित्रमा पार्श्व गायनसमेत गरेकी छन् ।

भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ। ट्री इन्टरटेन्टमेन्ट यस अघि थुप्रै म्युजिक भिडियो तथा चलचित्र ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’को निर्माण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट