काठमाडौँ । नेपाली काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेराबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पुर्व पदाधिकारी बैठक सम्पन्न भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि ,उपसभापति बिजय कुमार गच्छदार, महामन्त्री डा.शशांक कोइराला गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाणंलगायतका नेताहरु उपस्थित रहेका थिए ।
यस्ता छन् बैठकका निर्णयहरु
१. महाधिवेशनमा क्रियाशिल सदस्य छानबिन सम्पन्न गरेको र समितिको प्रतिवेदन सभापति शेर बहादुर देउवा लाई बुझाएको यस विषयमा केहि सदस्यको फरक मत आएको ।
२. क्रियाशिल सदस्यको काम लगभग सक्किएको र बारा र पर्सा जिल्लामा क्रियाशिल सदस्यता रोकिएको छ ।
३. विवाद परेको केही ठाउँहरुको क्रियाशिल सदस्यता केन्द्रिय कार्यसमिति मार्फत समस्याको समाधान गर्ने।
४. कल्याण कुमार गुरुङले महाधिवेशनमा सभापतिमा उमेदवार दिने पनि जानकारी गराउनु भएको ।
५. भोलि बिहान ११:०० बजे बस्ने गरि आजको बैठक सकिएको लगायतका बारेमा केन्द्रिय सदस्य रमेश लेखकले जानकारी गराउनु भएको ।