राष्ट्रपति भण्डारीलाई के भएको हो, किन पुगिन् त्रिवि शिक्षण अस्पताल ?-Sutra News

राष्ट्रपति भण्डारीलाई के भएको हो, किन पुगिन् त्रिवि शिक्षण अस्पताल ?

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी छन् ।



 आज बिहान अस्पताल पुगी उनले नियमित स्वास्थ्य उपचार गरेको उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

“उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भने, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।”

राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहेकी थिइन्  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट