मन्त्री छनोट गर्न माओवादीको सचिवालय बैठक जारी, धेरैले इच्छा देखाएपछि प्रचण्ड तनावमा-Sutra News

मन्त्री छनोट गर्न माओवादीको सचिवालय बैठक जारी, धेरैले इच्छा देखाएपछि प्रचण्ड तनावमा

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि मन्त्री छनोट गर्न नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आज पनि जारी छ ।



मन्त्री छनोट गर्न यसभन्दा अगाडी पनि माओवादीले बैठक बोलाएको थियो तर विविध कारणले बैठकले ठोस रुपमा निर्णय लिन सकेको थिएन ।

माओवादी केन्द्रको तर्फबाट सरकारमा दुई जना मन्त्री सहभागी छन्। माओवादीको भागमा कम्तिमा थप चार जना मन्त्री परेका छन्। त्यसका लागि थुप्रै सांसदले इच्छा देखाएका छन्।

केहीदिन अगाडी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका ४९ सांसदले नै मन्त्री बन्न इच्छा देखाएको कुरा सार्वजनिक गरेका थिए ।

सरकार गठन भएको धेरै दिन बितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सरकारमा सहभागी हुनका लागि जनता समाजवादी पार्टी (जसपा), एमालेको माधवकुमार नेपाल पक्षका नेताहरुले आन्तरिक गृहकार्य गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट