यो परमादेशको सरकार होइन, जनादेशको सरकार हो- डा. संग्रौला-Sutra News

यो परमादेशको सरकार होइन, जनादेशको सरकार हो- डा. संग्रौला

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार परमादेशबाट नभई जनादेशबाट आएको बताएकी छन् ।



आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले भनिन्, ‘सरकार परमादेशबाट बन्यो भनेर भनियो, तर यो सरकार परमादेश होइन, जनादेशको हो।’

बैठकमा अन्य सांसदहरुले राष्ट्रको मुद्दामा सवाल उठाएका थिए । सांसद गगन थापाले अहिलेको सरकालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तो अपराध गर्न छुट नभएको बताएका थिए ।

नेकपा एमालेका सांसद पदम गिरीले देउवा सरकार आएसँगै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट