लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् ।
उनले अबको केही दिनमा नै विश्वासको मत लिने तयारी गरेको लुम्बिनी सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
मंगलबार मन्त्रिपरिषदको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘हामी अब छिट्टै विश्वासको मत लिनेछौं, मत पाए सरकार चलाउछौँ नत्र छोड्छौं ।’
अहिले एमालेका ३८ र जसपका ३ गरेर जम्मा ४१ सदस्यको समर्थनबाट मात्र पोखरेल नेतृत्वको सरकार टिकेको छ ।