बलात्कार मुद्दामा पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ-Sutra News

बलात्कार मुद्दामा पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । बलात्कारसम्बन्धी मुद्दामा परेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।



मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरिदिएको हो ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । 

काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट