संसद बैठक- सांसदलाई कसरी थाहा भयो देउवाले अफताब आलमलाई छुटाउने कुरा ?-Sutra News

संसद बैठक- सांसदलाई कसरी थाहा भयो देउवाले अफताब आलमलाई छुटाउने कुरा ?

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको आगमन हुनेबित्तिकै विजय गच्छदार सामान्य धरौटीमा छुटेपछि यसले निकै चर्चा बटुलेको छ ।



देउवाले गच्छादारलाई जेलबाट निकालेपछि अहिले उनले अफताब आलमलाई पनि छुटाउलान भन्ने विषयमा बाहिर चर्चा चलिरहेको बेलामा प्रतिनिधिसभाको बैठकमा पनि यसको बाछिटा परेको छ  ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद पदम गिरीले देउवा सरकार आएसँगै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् ।

‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन् । भोलि अफताब आलमहरु पनि छुट्ने त होईनन् ?’ उनको प्रश्न थियो ।

त्यस्तै कांग्रेसकी सांसद डिला संग्रौला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार परमादेशबाट नभई जनादेशबाट आएको बताएकी छन् ।

‘मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले भनिन्, ‘सरकार परमादेशबाट बन्यो भनेर भनियो, तर यो सरकार परमादेश होइन, जनादेशको हो।’

बैठकमा अन्य सांसदहरुले राष्ट्रको मुद्दामा सवाल उठाएका थिए । सांसद गगन थापाले अहिलेको सरकालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तो अपराध गर्न छुट नभएको बताएका थिए ।

नेकपा एमालेका सांसद पदम गिरीले देउवा सरकार आएसँगै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् ।

  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट