प्रचण्डको सिफारिसमा गण्डकीमा पुरानै प्रदेश प्रमुख शेरचन-Sutra News

प्रचण्डको सिफारिसमा गण्डकीमा पुरानै प्रदेश प्रमुख शेरचन

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश प्रमुखका रूपमा पुरानै प्रदेश प्रमुख अमिक शेरचनको नाम सिफारिस गरेका छन् ।



मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्डले पुरानै प्रदेश प्रमुखलाई नियुक्त्ति दिन भन्दै सिफारिस गरेका हुन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकीमा शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरेका थिए ।

पूर्ववर्ती सरकारले गरेका निर्णयहरू खारेज गर्ने क्रममा प्रदेश प्रमुखहरूको पनि जागिर गएको हो ।

बाँकी प्रदेश प्रमुख राजनीतिक भागबण्डाका आधारमा तय गरिने नेताहरूको तयारी छ ।

शेरचनको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट