काठमाडौँमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ७७४ संक्रमित-Sutra News

काठमाडौँमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ७७४ संक्रमित

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौँ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



जसमध्ये काठमाडौंका ४७५ जना, ललितपुरका १६७ जना र भक्तपुरका १३२ जना छन्।

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ८९९ जना कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको हो भने एन्टिजेन विधिबाट ४ हजार ८६३  गर्दा ११७३ मा संक्रमण देखिएको हो ।

सोही अवधिमा थप २० जनाको संक्रमणका कारण मृत्यु भएको छ भने १ हजार ७७८ जना कोरोनाबाट मुक्त भएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट