निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत-Sutra News

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ पेश गरिएको छ ।



प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन् ।

सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

शोक प्रस्ताव पारित

सभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनको निधनप्रति सभामा एक मिनेट मौनधारणसहित शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गरियो । बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट