जसपाले गर्याे लुम्बिनी प्रदेशका ३ सांसदलाई कारबाही-Sutra News

जसपाले गर्याे लुम्बिनी प्रदेशका ३ सांसदलाई कारबाही

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।



मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टी र प्रदेश सभाबाट हटाउने गरी कारबाही गरेको इस्तियाक राईले बताए ।

उनीहरु पार्टी नीति विपरित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

यसअघि पनि उनीहरुलाई निष्कासन गरिएको भए पनि सर्वोच्च अदालतले थमौति गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट