काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ । महन्थ ठाकुरसहित १७ जना सदस्य निकालिएका छन् ।
जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार-प्रसार विभागका डम्मर खतिवडाले जानकारी दिए ।
खतिवडाले भने, ‘पार्टीको आधिकारीकता दावी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने मात्रै जसपाका कार्यकारिणी सदस्य हुन् । अर्को पक्षमा दावी गर्नेहरु कार्यकारिणी समितिमा छैनन् । तत्कालका लागि ३४ सदस्यीय कार्यसमिति कायम भएको छ । अब थप्नु परेमा पार्टीले निर्णय गर्छ ।
सोमबार निर्वाचन आयोगमा भएको हेड काउण्टमा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए । महन्थ ठाकुरको पक्षमा १६ जना थिए भने रेशम चौधरी तटस्थ बसेका थिए ।
यी हुन् जसपा कार्यकारिणी बैठकका निर्णयहरू