राष्ट्रपतिबाट गण्डकी र लुम्बिनी प्रदेश प्रमुख नियुक्त-Sutra News

राष्ट्रपतिबाट गण्डकी र लुम्बिनी प्रदेश प्रमुख नियुक्त

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।



मंगलबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भण्डारीले नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले राति विज्ञप्ति जारी गरी दुबै जनालाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम नियुक्त गरिएको जनाएको छ ।

गुरुङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका हुन् । यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए ।   

pradesh pramuk.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट