इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ, पक्राउ पर्नेमा अधिकांश अफगानी-Sutra News

इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ, पक्राउ पर्नेमा अधिकांश अफगानी

मंगलबार, १२ साउन २०७८

मंगलबार, १२ साउन २०७८

इस्तानबुल- टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रषित समाचारमा उल्लेख छ ।



इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रबासीलाई अबैधरूपमा लुकेर बसीरहेको अवस्थामा पक्राउ गरेको बताएको छ ।

टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट