काठमाडौं- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई तथा शुभकामना दिएका छन् ।
अमेरिकी विदेशमन्त्री ब्लिंकनले देउवा प्रधानमन्त्री नियुक्त भएको झन्डै २ हप्तापछि टेलिफोनमार्फत बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
ब्लिंकनले सामाजिक सञ्जालमार्फत देउवासँग कुराकानी भएको बताएका छन् ।