काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । बुधबार बिहान ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेता सहभागी हुने छन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तारसहितका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । सरकार अहिले मात्रै ६ सदस्यीय छ ।
देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् । फाइल तस्बिर ।