काठमाडौं- नेपाली पौडीबाज गौरिका सिंहले जापानको टोकियोमा जारी ओलम्पिकअन्तर्गत आज बुधबार प्रतिस्पर्धा गर्दै छिन् ।
गौरिकाले पौडीमा महिला तर्फको १०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
उनले हिट चरणमा गर्ने प्रतिस्पर्धाको नेपाल टेलिभिजन प्लसले प्रत्यक्ष प्रशारण गर्नेछ ।
खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ ।