अभिनेत्री प्रियंका कार्की भन्छिन्- मलाई गल्ती गरेजस्तो लाग्दै लाग्दैन !-Sutra News

अभिनेत्री प्रियंका कार्की भन्छिन्- मलाई गल्ती गरेजस्तो लाग्दै लाग्दैन !

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

अभिनेत्री प्रियंका कार्की गर्भवती छन् । गर्भवती भएपछि उनले सामाजीक संजालमा आफ्ना फोटा र भिडियो पोस्ट गरिरहेकी छन् ।



उनले सामाजीक संजालमा हालेको फोटो देखेर नकारात्मक र सकारात्मक कमेन्टहरु आइरहेका हुन्छन् । सामाजिक सञ्जालमा सक्रिय उनले आफ्ना फोटा र भिडिओ पोस्ट गरिरहेकी हुन्छिन् ।

तर पछिल्लो समय सामाजिक सञ्जालमा राखेका फोटाकै कारण प्रियंका र उनका श्रीमान आयुष्मान देशराज जोशीले आलोचना पनि खेप्नुपरेको छ। कतिपयले गर्भ रहेको पेट देखाएर ‘अंग प्रदर्शन’ गरेको भन्दै टिप्पणी गरेका छन्।

तर कार्कीले आफूले केही पनि गल्ती नगरेको बताएकी छन् । आफ्नो गर्भावस्थाको बारेमा एक अनलाइनसँग कुरा गर्दै उनले आफूले सामाजीक संजालमा फोटो पोस्ट गर्नु आफ्नो कुनै गल्ती नभएको बताएकी हुन् ।

प्रियंकाले यी सबै कुराले आफूलाई प्रभाव नपार्ने बताउँछिन् । अनलाइनसँग कुरा गर्दै उनले भनिन्, ‘स्विमिङ पुलमा केही केटीहरु जम्मा भएर फोटो सामाजीक संजालमा राख्दा कसैले यसलाई ठुलो ‘इस्यु’ बनाएका हुन्छन् भने म राष्ट्रको लागि कति महत्वपूर्ण मान्छे रहेछु ।’

‘गर्भवती हुनुभन्दा अगाडी राखेको फोटोमा पहिला राम्रो, सेक्सी भन्दै कमेन्ट आएको थियो,’ उनले भनिन्, ‘अहिले गर्भवती भएपछि नराम्रो कमेन्ट आउन थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट