काठमाडौँ । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
आजको बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला छन् ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् । त्यस्ता जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल रहेका छन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तारसहितका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । सरकार अहिले मात्रै ६ सदस्यीय छ ।
देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् ।