उत्तर प्रदेशमा यात्रुवाहक बसमा ट्रक ठोक्किँदा १८ जनाको मृत्यु, २ दर्जनभन्दा बढी घाइते-Sutra News

उत्तर प्रदेशमा यात्रुवाहक बसमा ट्रक ठोक्किँदा १८ जनाको मृत्यु, २ दर्जनभन्दा बढी घाइते

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

भारतको उत्तर प्रदेशमा एउटा यात्रुवाहक बसमा ट्रक जोतिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। बसमा क्षमताभन्दा बढी यात्रु भएको हुनाले दुर्घटना भएको हुन् सक्ने अनुमान गरिएको छ ।



उत्तर प्रदेशको बाराबंकीस्थित लखनउ–अयोध्या राजमार्गको सडक छेउ रोकिएको डबल डेकर बसलाई तीव्र गतिमा आएको ट्रेलरले ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ ।

बसमा हरियाणा राज्यमा काम गर्न गएका र अहिले बिहार राज्यस्थित घर फर्किएका कामदारहरू सवार रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मंगलबार राति भएको यो दुर्घटनामा १८ जना यात्रुको मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लखनऊस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५०,००० भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट