काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समर्थन गर्ने, माओवादीका ४९ सांसदहरुलाई नियुक्ति दिने तथा अफताब आलमलाई जेलबाट निकाल्ने भन्दैप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी गरिएको विज्ञप्ति भ्रम भएको सचिवालयले जनाएको छ ।
मन्त्रीपरिषद बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको भन्दै सामाजिक सञ्जालमा वक्तव्य साझा गरिएको थियो ।
प्रचण्डलाई बदनाम गर्न यस्तो पत्र बनाएर सामाजीक संजालमा फैलाएको सचिवालयको ठहर छ ।