प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुले पाएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको हो ।
आजको बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला उपस्थित रहेका थिए ।
त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल रहेका थिए ।