चित्रबहादुर केसीले किन दिए गठबन्धन छाड्ने चेतावनी ?-Sutra News

चित्रबहादुर केसीले किन दिए गठबन्धन छाड्ने चेतावनी ?

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन्।



बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेता केसीले यस्तो चेतावनी दिएका हुन् ।

उनले वर्तमान सरकारले संघीयता र एमसीसीकै विषयमा चासो दिएको आरोप लगाउँदै यस्तै अवस्था रहिरहे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

आजको बैठकले सरकारमा सहभागी हुन मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको छ ।

बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला उपस्थित रहेका थिए ।

त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल रहेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट