काठमाडौँ । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रका सचिव श्रीराम ढकालका अनुसार अध्यक्ष पुष्पकमल दाहाल व्यस्त भएको कारणले स्थायी समितिको बैठक स्थगित भएको हो ।
हिजो मंगलबार बसेको बैठकले बुधबार पुन: बसेर मन्त्री बन्ने नेताहरुको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।
स्थायी समितिको बैठक स्थगित भएकाले आज पनि मन्त्री बन्नेहरुको टुंगो लाग्ने संभावना कम छ ।
माओवादीका केन्द्रका ४९ नेताहरुले मन्त्री बन्ने इच्छा देखाएको कारणले आफूलाई मन्त्री छान्न सकस भएको कुरा प्रचण्डले बताउँदै आएका छन् ।