गृहमन्त्री खाणद्वारा गण्डकी प्रदेश प्रमुखलाई बधाई-Sutra News

गृहमन्त्री खाणद्वारा गण्डकी प्रदेश प्रमुखलाई बधाई

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।



नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका नवनियुक्त प्रदेश प्रमुख गुरुङ चितवन निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट