एमालेको माधव पक्षले भन्यो- सरकारमा सहभागी हुँदैनौं-Sutra News

एमालेको माधव पक्षले भन्यो- सरकारमा सहभागी हुँदैनौं

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।



बुधबार देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धको बैठकमा नेपाल पक्षका नेता विजय पौडेलले यस्तो जानकारी गराएका हुन् ।

बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ ।

आजको बैठकमा नेपाली काङ्ग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला उपस्थित रहेका थिए ।

त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट