माधव नेपालले बोलाए आफू पक्षीय नेताहरुको बैठक-Sutra News

माधव नेपालले बोलाए आफू पक्षीय नेताहरुको बैठक

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका माधव कुमार नेपालले आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् ।



नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदसँग छलफल गर्न लागेका हुन्।

नेपाल समूहले सरकारमा सहभागी नहुने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा आज बसेको सत्ता गठबन्धनको बैठकमा नेपाल पक्षले सरकारमा सहभागी नहुने जानकारी गराएको हो ।

आजको बैठकमा पार्टी एकताका लागि दबाबमा रहेका नेपालले सांसदहरुसँग आगामी बाटोबारे छलफल गर्न लागेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट