काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम भएको बताएका छन् ।
बुधबार सामाजीक संजालमा लेख्दै नेता रावलले नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम भएको उल्लेख गर्दै सरकारलाई यस विषयमा ध्यान दिनुपर्ने बताएका हुन् ।
‘नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।देश उपनिवेशकरण तर्फ धकेलिनेछ।यस्तो काम सरकार र पार्टीले नगरून् ।’ उनले भनेका छन् ।
त्यस्तै उनले एमसीसीबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको बताएका छन् ।
नेपालको संविधान,कानून,राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ।देश उपनिवेशकरण तर्फ धकेलिनेछ।यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।
— Dr. Bhim Rawal (@BhimRawal179) July 28, 2021