अश्लील फिल्ममार्फत २ वर्षमा ५५ करोड कमाउने राज कुन्द्राको लक्ष्य-Sutra News

अश्लील फिल्ममार्फत २ वर्षमा ५५ करोड कमाउने राज कुन्द्राको लक्ष्य

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

पोर्नोग्राफीको केसमा राज कुन्द्रा पक्राउ परेपछि नयाँ र अनौठा तथ्यहरू फेला पर्दै गएका छन् ।



बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राजलाई अश्लील चलचित्र बनाएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई १४ दिनको न्यायीक हिरासतमा राखिएको छ ।

अनुसन्धानका क्रममा उनीसँग जोडिएका केही अनौठा तथ्यहरू बाहिर आएका छन् । उनको व्हाट्सअप च्याट र अन्य माध्यमबाट आएका सूचनाहरूले उनले सन् २०२३ सम्म ३४ करोड भारतीय रुपैयाँ अर्थात् करीब ५५ करोड नेपाली रुपैयाँ कमाउने लक्ष्य राखेका थिए ।

भारतीय पत्रिका अमर उजाला लेख्छ – ‘राज कुन्द्राले एउटा लक्ष्य बनाएका थिए, सन् २०२३ सम्म ३४ करोड रुपैयाँ अश्लील फिल्ममार्फत कमाउने ।’ क्राइम ब्रान्चले यसअघि नै कुन्द्राले ९ करोड रुपैयाँमा धेरै भिडियो बेच्ने डील गरिसकेका थिए ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट