निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि ओली पहिलोपटक संसदीय दलको कार्यालयमा पुगेका हुन् ।
उनी नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका प्रदेश १ का नेताहरुसँग विशेष छलफलका लागि सिंहदरबार पुगेको बताइएको छ ।