जसपाको बैठक शुरू, महन्थ समूहलाई कारवाही गर्ने तयारी-Sutra News

जसपाको बैठक शुरू, महन्थ समूहलाई कारवाही गर्ने तयारी

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक काठमाण्डौमा सुरु भएको छ ।



बैठक केहीबेर अगाडी तुलसीलाल अमात्यको भवन ललितपुरमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु भएको हो ।

हिजो मंगलवारदेखि सुरु भएको बैठक आज सम्पन्न हुने बताइएको छ ।

बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ । पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता ग़री अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट