काठमाडौँ । जसपाको आधिकारिकताको विवादमा तटस्थ बसेका सांसद रेशम चौधरीले आफू उपेन्द्र यादव पक्षमा भएको बताएका छन् ।
केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाका अनुसार उनले फोन गरेर आफू उपेन्द्र पक्षमा नै रहेको बताएका हुन् ।
रेशम चौधरी थपिएपछि जसपाको उपेन्द्र पक्षमा कार्यकारिणी सदस्यको संख्या ३५ पुगेको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक काठमाण्डौमा सुरु भएको छ ।
बैठक केहीबेर अगाडी तुलसीलाल अमात्यको भवन ललितपुरमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु भएको हो ।
हिजो मंगलवारदेखि सुरु भएको बैठक आज सम्पन्न हुने बताइएको छ ।
बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ । पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता ग़री अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको छ ।